Main News

निर्मला हत्याबारे गहिरो अनुसन्धान जारी छः प्रहरी महानिरीक्षक थापा क्षेत्री

हिमालय टिभी
२०७७ असोज १४ गते १४:१६
निर्मला हत्याबारे गहिरो अनुसन्धान जारी छः प्रहरी महानिरीक्षक थापा क्षेत्री

१४ असोज, २०७७ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्याबारे गहिरो अनुसन्धान भइरहेको बताउनु भएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक थापा क्षेत्रीले अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको भन्दै अब चाँडै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याइने दाबी गर्नुभयो ।

निर्मला प्रकरणमा विगतमा भएका कमी कमजोरीले प्रहरीको छविमा ठूलो धक्का लागेको भन्दै उहाँले अब कुनै पनि हालतमा घट्नालाई निष्कर्षमा पुर्‍याइने बताउनुभयो ।

त्यसका लागि केन्द्रबाट प्रहरी अधिकृत पठाइसकेको र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको कमान्डमा काम भइरहेको पनि उहाँको भनाइ छ ।

२०७५ साल साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी ११ वर्षीया निर्मला पन्तको हत्यमा संलग्न अहिले पनि पक्राउ परेका छैनन् । जसले गर्दा प्रहरीमाथि ठूलो दबाब छ ।

नयाँ प्रहरी प्रमुख थापाको कार्यकालमा निर्मला प्रकरणलाई नै सबैभन्दा चुनौतीका रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *