विराटनगर र धरानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

१४ असोज, २०७७ काठमाडौं । विराटनगर र धरानमा आज थप एकएक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
मोरङको जहदाका एक पुरूषको विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा र सप्तरीका अर्का संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोरङको जहदाका ६३ वर्षीय पुरुषको बिहान कोशी अस्पताल कोभिड नाइन्टन उपचार केन्द्रमा मृत्यु भएको अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले बताउनुभयो ।
असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको असोज ५ गतेदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो । स्वासप्रस्वासमा समस्या देखिएका मृतकमा मधुमेह र उच्चरक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।
यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सप्तरीको राजविराजका ३९ वर्षीय पुरुषको बिहान मृत्यु भएको छ ।
यही असोज १० गते कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनुभयो । उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया