Main News

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०७७ असोज १४ गते १३:४३
रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते

१४ असोज, २०७७ रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ चिम्नी टोलका संगम भण्डारीको मृत्यु भएको हो । हिजो घाँस काट्न गएका भण्डारी रंगपुर साझेदारी वनमा आज बिहान मृत अवस्थामा भेटिएका हुन् ।

भण्डारीको कम्मरदेखि तल्लो भाग बाघले खाएको छ । घाँस काट्न गएका भण्डारी घर नफर्किएपछि राती उनको खोजीमा गएका युवामाथि पनि बाघले आक्रमण गरेको थियो ।

आक्रमणमा स्थानीय २८ वर्षीय अशोक थापा र ३५ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका छन् । खोजीमा गएका युवालाई सतेरी जंगलको तीन कुवा वन क्षेत्रमा बाघले आक्रमण गरेको थियो ।

घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने जनावर चितुवा हुन सक्ने डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *