Main News

रुसबाट कोरोनाविरुद्धको खोप नेपाल आउने हल्ला विश्वभर, सरकार अनविज्ञ

हिमालय टिभी
२०७७ असोज १४ गते ७:२८
रुसबाट कोरोनाविरुद्धको खोप नेपाल आउने हल्ला विश्वभर, सरकार अनविज्ञ

१४ असोज, २०७७, काठमाडौं । कोभिड १९ विरुद्ध रसियाले परीक्षण गरिरहेको खोप ‘स्पुतनिक फाइभ’ नेपाल आउने समाचार विश्वभर फैलिएको छ ।

सरकारी पहुँच प्रयोग गरेर एक निजी कम्पनीले व्यापारका लागि खोप ल्याउने सम्झौता गरेको छ ।

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआईएफले नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–फाइभ’ खोप दिन सहमत भएको उल्लेख गरेको छ ।

निजी कम्पनीलाई अघि सारेर महामारीविरुद्धको खोप ल्याउने र निःशुल्क वितरण गर्ने जिम्मेवारीबाट सरकार भने पछि हटेको छ । जब कि महामारीविरुद्धको खोप राज्यको आधारभूत दायित्व हो ।

सिएनएन, रोयटर्स, द गार्डियन, युएसए टुडे, न्युज ट्वान्टी–फोर डटकम, स्विस इन्फो, कोभिड नाइन्टिन डेटालगायत विश्वभरका सञ्चारमाध्यमले रसियाबाट नेपालले दुई करोड ५० लाख डोज स्पुतनिक फाइभ भ्याक्सिन किन्न लागेको समाचार प्रकाशित गरेका छन् । तर, नेपाल सरकारका आधिकारिक निकायहरू औचारिक रूपमा जानकार छैन ।

‘स्पुतनिक फाइभ’को प्रवर्द्धनमा काठमाडौंस्थित रसियन राजदूत एलेक्सेई नोभिकोभ सक्रिय थिए । यसबीचमा उनले ऊर्जामन्त्री वर्षमान पुन, पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई समेत भेटेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँगको भेटमा उनले खोपको प्रवर्द्धनबारे विस्तृत संवाद गरेको जानकारी राष्ट्रिय सभा सचिवालयले दिएको छ । नेपालमा खोप सप्लाई गर्ने ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड’ सरकारी कोष हो ।

ट्रिनिटी सप्लायर्स कम्पनी स्वास्थ्य क्षेत्रमा मेडिकल उपकरण खरिद गर्ने कम्पनी हो । तर, निजी कम्पनीले सम्झौता गरेकोमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् ।

यो खोपको बिक्री–वितरणमा सरकार पर्दापछाडि बस्न खोजेको छ । स्पुतनिक फाइभ अन्तिम परीक्षणमा छ, प्रमाणित हुन बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *