कोरोना संक्रमणबाट मुटुरोगी सबैभन्दा बढी जोखिममा, जोखिमबाट बच्न विज्ञका यस्ता सुझाव (भिडियोसहित)
![कोरोना संक्रमणबाट मुटुरोगी सबैभन्दा बढी जोखिममा, जोखिमबाट बच्न विज्ञका यस्ता सुझाव (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/09/doctor-2.jpg)
१३ असोज, २०७७ काठमाडौं । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइन्छ । नेपालमा पनि वर्षेनी विभिन्न कार्यक्रम गरी मुटु दिवस मनाउने गरिए पनि कोरोना जोखिमका कारण यो वर्ष भने औपचारिक कार्यक्रम हुन सकेन । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृटुरोगी नै जोखिममा परेका छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा चैत यता ८० जना मुटुरोगी कोरोना लागेर भर्ना भए । जसमध्ये चार जनाले ज्यानै गुमाउनु पर्यो । गंगालालमा मात्रै होइन, नेपालमा कोरोनाबाट मृत्यु हुने मध्ये अधिकांश दीर्घरोगी छन् । त्यसमध्ये मुटुरोगीको संख्या पनि उल्लेख्य छ । कोरोनाले फोक्सो पछि मुटुमा बढी प्रभाव पर्ने भएकाले धेरै समस्या हुने चिकित्सकको भनाइ छ ।
कोरोनासँगै अन्य रोगको जोखिम पनि कोरोना संक्रमितमा बढि रहेकाले मुटु रोगीले यो समयमा विशेष ध्यान दिनु जरुरी छ । कोरोना संक्रमणबाट बच्ने उपायसँगै, तौल ठीक राख्ने, मोटोपन बढ्न नदिने, नियमित परीक्षण गराई आवश्यक सल्लाह लिने , सन्तुलित खाने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।
कोरोना कारण हामी व्यवसायीक, सामाजिक लगायत विभिन्न तनावबाट गुज्रिएका छौँ । जसले गर्दा प्रेसर बढ्ने, सुगर बढ्ने लगायतका समस्या देखिन्छ । त्यसको प्रत्यक्ष असर मुटुमै पर्छ । यो कोरोना कहरमा त्यसको व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक देखिन्छ ।
मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गरी मन लगाउँदै, मुटु बचाउनु आवश्यक छ ।
प्रतिक्रिया