Main News
विवादका कारण पद्मश्री पुरस्कार कसैलाई नदिने निर्णय
२०७७ असोज १३ गते १३:१९

१३ असोज, २०७७ काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्षको पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई नदिइने भएको छ ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो ।
तर, उप्रेतीले प्रश्रितसँग उभिएर आफूले पुरस्कार नलिने घोषणा गरेका थिए । यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन आफूले नसक्ने उप्रेतीको भनाइपछि विवाद सिर्जना भएको थियो ।
त्यसपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीनतीन लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया