Main News

निर्देशन नमान्ने निजी प्रयोगशालाको अनुमति खारेज हुने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १२ गते २०:१५
निर्देशन नमान्ने निजी प्रयोगशालाको अनुमति खारेज हुने (भिडियोसहित)

१२ असोज, २०७७ काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार लिन निर्देशन दिएको छ । तर आज निजी प्रयोगशालाले विज्ञप्ती नै निकालेर सरकारको निर्देशन नमान्ने बताएका छन् । निजी प्रयोगशालाको यो घोषणा पछि सरकारले अव के गर्छ ?

सोमबार ८ वटा निजी प्रयोगशालाले संयुक्त वक्तव्य नै निकालेर पीसीआर टेष्टको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने घोषणा नै गरे । सरकारले पीसीआर टेष्टको शुल्क २ हजारभन्दा बढी नलिन निर्देशन गरेपनि उनीहरुले त्यसको अवज्ञा गरेका छन् ।

स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले सरकारले तोकेको भन्दा बढी शुल्क लिइरहेका छन् । र, सरकारले तोकेको शुल्क न्यायोचित छैन भन्ने उनीहरुको तर्क छ । तर स्वास्थ्य सामग्री सहजै उपलब्ध हुने भएकोले दुई हजार लिँदा कुनै घाटा नहुने स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

तर निजी प्रयोगशालाहरु, सरकारको निर्देशन अवज्ञा गर्दै सरकारलाई चुनौती दिइरहेका छन् । त्यसैले सरकारले पनि लचिलो हुने पक्षमा छैन । सकेसम्म मनाउने नभए सम्बन्धननै खारेज गरिदिने सरकारको चेतावनी छ ।

यसअघि विभिन्न अस्पतालले पीसीआर परीक्षणको नाममा मनलाग्दी शुल्क लिए । सरकारले नियमन गर्न सकेन । र, अहिले निजी प्रयोगशाला सरकारलाई नै चुनौती दिईरहेका छन । अब सरकारले आफ्नो उपस्थिति देखाउन सक्छ कि सक्दैन हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *