Main News
कोरोना जोखिम पूर्वानुमान गर्न सकिने अवस्था नरहेकाले सचेत रहन आग्रह
२०७७ असोज १२ गते १९:०२

१२ असोज, २०७७ काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्था नरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढिरहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताउनुभयो ।
मन्त्री ज्ञवालीले कोरोनाको जोखिम कम भएर नभई जीवन र जिविकाबीच सन्तुलनको आवश्यकताका कारण धेरै क्षेत्र खुला गरेको बताउनुभयो । उहाँले पीसीआर रिपोर्टका लागि बाध्य नबनाउन काठमाडौंका घरधनी र औद्योगिक प्रतिष्ठानलाई आग्रह पनि गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत जबर्जस्ती परीक्षण गर्नु उचित नहुने प्रवक्ता ज्ञवालीको तर्क छ ।
प्रतिक्रिया