विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदै
१२ असोज, २०७७ काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि भर्चुअल माध्यमबाट विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
रेबिजविरुद्ध पहिलोपल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज विरुद्धको दिवस मनाउने गरिएको छ ।
भेटेरिनरीसँग र जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य संस्थाहरुले दिवसका अवसरमा जनचेतनामूलक सप्ताहव्यापी भर्चुअल कार्यक्रम गरिहेका छन् । रेबिज रोग, रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो ।
रोगका जिवाणुहरु रोगी पशुको र्यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् ।
रेबिज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा हो भन्ने शंका लागेका पशुले टोके तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।
अध्ययन अनुसार नेपालमा रेविज फैलनुको मुख्य कारण जंगली स्यालको टोकाइ रहेको छ । नेपालमा हरेक वर्ष रेबिजका १०० नयाँ बिरामी देखिने गरेको स्वास्थ्य विभागले जनाएको छ ।
नेपालको लगभग आधा जनसंख्या रेबिज को उच्च जोखखममा र एक चौथाई जनसंख्या मध्यम जोखखममा रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया