मोरङ गरिएको परीक्षणमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
१२ असोज, २०७७, काठमाडौं । मोरङमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा मोरङको विभिन्न स्थानका एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ५१ महिला र ७९ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या मोरङमा एकै दिन संक्रमित हुनेको हालसम्कै उच्च हो ।
समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकै दिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ । विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ ।
प्रदेश १ मा भने हिजो एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ । प्रदेश एकमा पछिल्ला दिनमा कोरोना संक्रमितको दर बढीरहेको छ ।
प्रतिक्रिया