Main News

रसुवागढी नाका सञ्चालनका लागि सीमा क्षेत्रमै पीसीआर मेसिन राख्ने तयारी

हिमालय टिभी
२०७७ असोज १२ गते ७:३७
रसुवागढी नाका सञ्चालनका लागि सीमा क्षेत्रमै पीसीआर मेसिन राख्ने तयारी

१२ असोज, २०७७, रसुवा । रसुवागढी नाका सञ्चालनका लागि सीमा क्षेत्रमा पीसीआर मेसिन राख्ने तयारी भएको छ ।

चीनले नाका सञ्चालनका लागि तयार रहेको तर स्वास्थ्य सावधानी अपनाउनका लागि सीमा क्षेत्रमा पीसीआर मेसिन राख्न गरेको आग्रह अनुसार तयारी थालिएको हो ।

चीनले आग्रह गरेपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभागमार्फत पहल थालिएको हो । विभागले रसुवागढी नाका वा रसुवामा ल्याब राख्नका लागि स्वस्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले आवश्यक तयारीका लागि विभागमार्फत् स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

चीनले पीसीआर मेसिन राखेर स्वास्थ्य सावधानी अपनाइए तत्काल नाका सञ्चालन गराउने प्रतिवद्वता जनाएको पनि खड्काले जानकारि दिनुभयो ।

चीनबाट सामान नेपाल भित्र्याउन सहभागी एक नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएपछि भदौ १७ गतेदेखि रसुवागढी नाकाबाट हुने ब्यापार चिनियाँ पक्षले रोकेको छ ।

सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न पनि चिनियाँ पक्षले आग्रह गरेको रसुवाका प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *