Main News

संघीय सरकारकै कारण उपत्यकामा कोरोना संक्रमण बढ्योः उपत्यका मेयर फोरम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ११ गते १८:१५
संघीय सरकारकै कारण उपत्यकामा कोरोना संक्रमण बढ्योः उपत्यका मेयर फोरम (भिडियोसहित)

११ असोज, २०७७ काठमाडौं । उपत्यका नगरपालिका फोरमले संघीय सरकारका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको आरोप लगाएको छ ।

संघीय सरकारको लापरवाहीका कारण उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेको फोरमको दावी छ ।

रफत सञ्चार क्लब भक्तपुरले गरेको साक्षात्कारमा उपत्यका फोरमका सचिव मदन सुन्दर श्रेष्ठले कुल संक्रमितको आधा संख्या उपत्यकामा देखिनु र नियन्त्रणमा सरकारले पहल नगर्नु दुखद् भएको टिप्पणी गर्नुभयो ।

श्रेष्ठले सिंहदरबारका ठूला मान्छेहरुलाई कोरोना लागेपछि मात्रै वस्तुवादी नीति बनाउने हो भनेर पनि प्रश्न गर्नुभयो । संघीय सरकारको नीति र तलको वास्तविकता फरक भएको उहाँले बताउनुभयो ।

काठमाडौंबाट दशैं र तिहार मनाउन जानेबाट देशैभर कोरोना संक्रमण फैलिने र महामारीको रुप लिने उहाँले दाबी गर्नुभयो ।

उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको फोरमको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *