Main News
डा. केसीको माग पूरा गर्न नागरिक अगुवाहरुको आग्रह
२०७७ असोज ११ गते १७:५८
११ असोज, २०७७ काठमाडौं । ३३ जना नागरिक अगुवाहरुले अनशनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
पूर्व प्रधानन्यायाधीशहरू सुशीला कार्की, कल्याण श्रेष्ठसहितका ३३ जनाले आज संयुक्त विज्ञप्ति निकालेर केसीका माग पूरा गर्न र उहाँको जीवन रक्षा गर्न सरकारलाई अपिल गरेका हुन् ।
१४ दिनदेखि अनसनमा बसेका केसीको स्वास्थ्य कमजोर बनेको र उहाँमा रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर बन्दै गएकाले त्यसतर्फ सचेत हुन नागरिक अगुवाले सरकारलाई सुझाव पनि दिएका छन् ।
चिकित्सा शिक्षामा आम नेपालीको पहुँच हुनुपर्छ र नागरिकले सर्वसुलभ रुपमा उपचार सेवा पाउनुपर्छ भनेर आमरण अनशन बस्नु पर्ने स्थिति बिडम्बनापूर्ण रहेको नागरिक अगुवाहरुको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया