Main News

सम्झना विकको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

हिमालय टिभी
२०७७ असोज ११ गते १७:३९
सम्झना विकको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

११ असोज, २०७७ काठमाडौं । बझाङकी सम्झना विकको बलात्कारपछि हत्या भएको विरोधमा आज पनि काठमाण्डौमा प्रदर्शन भएको छ ।

सरकारले बलात्कारीलाई संरक्षण गरेको, दलितको मुद्दामा संवेदनशील नभएको भन्दै दलित संयुक्त राजनीतिक दलित संघर्ष समिति र नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले बलात्कारीमाथि कारवाही नभए संसद् अवरुद्ध गर्नेदेखि सिंहदरबार घेर्ने चेतावनी दिनुभयो ।

प्रदर्शनकारीले सम्झनाको हत्याबारे सरकारसँग जवाफसमेत मागेका छन् । बझाङकी १२ वर्षीया सम्झनाको गत बुधबार बलात्कारपछि हत्या भएको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *