Main News

अब कोरोना परीक्षणको रिपोर्ट प्रयोगशालाले नै दिनुपर्ने, परीक्षामा सहभागी हुन पीसीआर टेष्ट नगराउन आग्रह

हिमालय टिभी
२०७७ असोज ११ गते १६:४९
अब कोरोना परीक्षणको रिपोर्ट प्रयोगशालाले नै दिनुपर्ने, परीक्षामा सहभागी हुन पीसीआर टेष्ट नगराउन आग्रह

११ असोज, २०७७, काठमाडौं । सरकारले कोरोना परीक्षणको रिपोर्ट आफैं दिन प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।

यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जानकारी दिने गरेको थियो । तर अब प्रयोगशालाबाटै रिपोर्ट दिनु पर्नेछ ।

अब संक्रमितलाई होम आइसोलेसनमा समेत राखिने भएकाले प्रयोगशाला आफैंले जानकारी दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर सार्वजनिक भएका थिए । प्रवक्ता गौतमले भन्नुभयो, ‘यो निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन ।’

लक्ष्मण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्ने लगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरका मानिसहरुलाई टेष्ट गराउनु गलत भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *