Main News

प्रधानसेनापति थापा सेल्फ क्वारन्टिनमा

हिमालय टिभी
२०७७ असोज ११ गते १४:३६
प्रधानसेनापति थापा सेल्फ क्वारन्टिनमा

११ असोज, २०७७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारन्टिनमा बस्नु भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको भान्सामा काम गर्ने एक सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारन्टिनमा बस्नु भएको हो ।

थापाको भान्सामा काम गर्ने एक जनालाई हिजो कोरोना संक्रमण पुष्टि भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

थापाले स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको निर्देशिका अनुसार नै सेल्फ क्वारन्टिनमा बस्नु भएको हो ।

यसअघि २ पटक संक्रममितको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट नेभेटिभ आएको थियो । अहिलेसम्म २ हजार भन्दा बढी सैनिकमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *