Main News

भारतीय बाँधले विराटनगरको दक्षिणी क्षेत्र डुबानमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १० गते २०:२७
भारतीय बाँधले विराटनगरको दक्षिणी क्षेत्र डुबानमा (भिडियोसहित)

१० असोज, २०७७ विराटनगर । एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माणले विराटनगरको दक्षिणी क्षेत्रमा डुबानको समस्या थपिदिएको छ ।

सामान्य वर्षाको पानी निकास नहुँदा विराटनगरका आधा दर्जन वडाका सबै जसो क्षेत्र डुबानमा पर्ने गरेका छन । भारतले आईसीपी र रेलको लिक बिछ्याउँदा ठूलाठूला ड्याम बनाएका कारण चार बर्षदेखि ती क्षेत्रका २५ सय घरपरिवार डुबानमा पर्दै आएका छन् ।

भारतले आईसीपी र रेलको लिक निर्माण गरेको ठाउँ विराटनगरको १८ नम्बर वडामा पर्छ । तर आईसीपी र रेलको लिक निर्माण गर्ने नाममा उसले त्यस क्षेत्रमा ठूलाठूला बाँध बनाएको छ ।

बस्तीभन्दा निकै उच्चस्थानमा रेल लिक र एकीकृत भन्सार जाँच चौकी जोड्ने लिङ्क रोड निर्माण गरिए पनि त्यसक्षेत्रबाट पानीको निकासका लागि कुनै नाला निर्माण गरिएको छैन । जसका कारण सामान्य वर्षा हुँदा पनि बस्ती डुबानमा पर्ने गरेको छ ।

रेल मार्ग र लिंक रोडका लागि निर्माण गरेको सडक संरचनाका कारण महानगरका दक्षिणी वडाहरु १३, १४, १५, १६, १७ र १८ का आधा घर डुबानमा पर्ने गरेका छन् । डुबान क्षेत्र पुगेर महानगरको टोलीले अवस्थाबारे जानकारी लिने पनि गरेको छ । तर चार बर्षदेखि समस्या उस्तै छ ।

झरीले घर डुबाएपछि विस्थापित भएका बासिन्दाले रानी–विराटनगर सडक खण्डमा पटक पटक चक्काजाम गरेर समस्या समाधान गर्न सरकारलाई दबाव दिँदै आएका छन् । तर प्रदेश र स्थानीय सरकार यसको समाधान संघीय सरकारबाटै हुनुपर्ने भएकाले आफुहरुले केही गर्न नसक्ने भनेर पन्छिने गरेका छन् । संघीय सरकारले भने यसतर्फ कुनै चासो दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *