Main News

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

हिमालय टिभी
२०७७ असोज १० गते ७:३३
तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

१० असोज, २०७७ काठमाडौं । सरकारले तीनवटा विश्वविद्यालयहमा उपकुलपति नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिषरिषद् बैठकले संस्कृत, कृषि र पोखरा विश्वविद्यालयमा उपकुलपनि नियुक्ति गरेको हो । नेपाल संस्कृत विश्वविद्यालय दाङमा प्राध्यापक डा। यादवप्रकाश लामिछाने तथा कृषि र वन विश्वविद्यालय चितवनमा डा। पुण्य रेग्मीलाई उपकुलपति नियुक्ति गरिएको छ ।

त्यस्तै, पोखरा विश्वविद्यालयमा भने प्रा.डा. प्रेमनारायण अर्याललाई नियुक्त गर्ने समझदारी भएको छ । लामो समयदेखि रिक्त ती विश्वविद्यालयमा शिक्षा मन्त्रालयले गत कार्तिकमा उपकुलपति नियुक्तिका लागि आवेदन मागेको थियो ।

आवेदन लिएको करिब एक वर्षपछि राजनीतिक सहमति जुटाएर ती विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने विषय टुंगो लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *