Main News

आफ्नो माग पूरा गर्न प्रधानमन्त्रीसँग अनशनरत डा. केसीको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ९ गते १९:१४
आफ्नो माग पूरा गर्न प्रधानमन्त्रीसँग अनशनरत डा. केसीको आग्रह (भिडियोसहित)

९ असोज, २०७७ काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीले आफ्ना माग पुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष आग्रह गर्नुभएको छ ।

शिक्षण अस्पतालको शैयाबाट भिडियो सन्देश जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री ओलीले आफ्ना माग साधारण रहेकोले पुरा गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री आफैले गर्नुपर्ने कामका लागि आफू सत्याग्रहमा बसेको पनि केसीले स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीसँग माग पुरा गर्न आग्रह गर्दा गर्दै केसीले प्रधानमन्त्रीको सोच र भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।

ओली सरकारका पालामा आफू पाँचौ चोटी अनशन बसेको भन्दै केसीले विगतमा भएका सम्झौता पालना नगरेकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीबाट प्राप्त उपलब्धि पनि गुम्ने खतरा रहेको टिप्पणी गर्नुभयो ।

डाक्टर केसीले उपचारमा गरिबको पहुँच, चिकित्सा शिक्षा सुधारका साथै ठूला भ्रष्टाचार काण्डको अनुसन्धान गर्न पनि माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *