Main News

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

हिमालय टिभी
२०७७ असोज ९ गते १८:१४
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

९ असोज, २०७७ काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पनि कोरोना संक्रमण भएको छ ।

हिजो दिउँसोदेखि ज्वरो आएपछि मेयर महर्जनको कोरोना परीक्षण गरिएको थियो । आज बिहान स्वाब दिएकोमा बेलुका पोजेटिभ रिपोर्ट आएको महर्जनले जानकारी दिनुभयो ।

उहाँ होम आइसोलेसनमा बस्नुभएको छ । स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

यसअघि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । उहाँ अहिले संक्रमणमुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *