Main News

नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ९ गते १६:३५
नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु

९ असोज, २०७७ काठमाडौं । नेपालमा १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । यस्तै अहिलेसम्म ४ सय ५९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो पटक थपिएका संक्रमित मध्ये झण्डै आधा काठमाडौं उपत्यकाका छन् । उपत्यकाका तीन जिल्लामा थप ६ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ संक्रमित थपिएका छन् । उपत्यकावाहिर मोरङमा ६९, चितवनमा ६७, रुपन्देहीमा ६१ महोत्तरीमा ५५ जना नयाँ संक्रमित पहिचान भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ छ । ति मध्ये १० हजार भन्दा बढी होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक मोरङका ५५ वर्षीय पुरुष र ६० वर्षीया महिला, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौंकी ७५ वर्षीया महिला र कपिलवस्तुकी ७० वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

थप १४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

गत २४ घण्टामा १२ हजार २ सय ६२ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसीयु र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या बढिरहेको छ ।

२ सय २७ जना आइसीयु र ३९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ति मध्ये धेरै काठमाडौं उपत्यकाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *