डा. केसीको अनशनमा शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकको ऐक्यबद्धता

९ असोज, २०७७ काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकले डाक्टर गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएका छन्।
उनीहरुले अनशनरत डाक्टर केसीको मागमा समर्थन जनाउँदै आजदेखि हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् ।
डाक्टर केसी अनशन बसेको १२ दिन भइसक्दा पनि माग सुनुवाई गर्न चासो नदिएको भन्दै आवासीय चिकित्सकले सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्रिवि शिक्षण अस्पतालको रेसिडेन्ट डक्टर्स एसोशियसनका अध्यक्ष डाक्टर सुवास देवकोटा र सचिव डाक्टर सुमन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा डाक्टर केसीका मागप्रति सरकार संवेदनशील नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।
आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने केसीको मागमा उदासिन नहुन उनीहरुले सरकारलाई आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया