Main News

स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको कालीगण्डकीमा सामूहिक दाहसंस्कार

हिमालय टिभी
२०७७ असोज ९ गते ८:१५
स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको कालीगण्डकीमा सामूहिक दाहसंस्कार

९ असोज, २०७७, स्याङ्जा । स्याङ्जामा पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको कालीगण्डकीमा सामूहिक दाहसंस्कार गरिएको छ ।

उनीहरुको स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो ।

६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीवलाल परियारले सबै जनालाई दागबत्ती दिनुभएको थियो ।

पहिरोमा पुरिएर ज्यान गुमाएका सबैको शवलाई प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरेर अन्तिम दाहसंस्कार गरिएको हो । पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

हिजो वर्षापछि आएको पहिरोमा परि स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर १४ तमादीमा एकै परिवारका ९ जनासहित १० जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *