अनशनरत डाक्टर केसीको स्वास्थ्य बिग्रदै, सरकार मूकदर्शक

८ असोज, २०७७ काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।
त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँको शरीरमा ग्लुकोजको मात्र निकै कम भएको छ ।
पूर्व सम्झौता कार्यान्वयन लगायतका माग राखेर भदौ २९ गतेबाट अनशन बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले चासो दिएको छैन ।
यसैबीच डाक्टर केसीमाथि भएको अभद्र व्यवहारको विरोधमा वीरगञ्जका चिकित्सकले आज हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको अधिकार भएको भन्दै नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले बल प्रयोग गरिएको विरोधमा कालोपट्टि बाँधेर काम गर्ने निर्णय गरेको हो ।
१९ बुँदे माग राख्दै डा. केसीले जुम्लाको चन्दनाथ नगरपालिका रानीचौरस्थित बाविरामष्ट मन्दिरमा ११ दिनअघि अनशन सुरु गर्नुभएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उहाँलाई काठमाडौं ल्याइएको छ । राष्ट्रिय ट्रमा सेन्टरभित्र लैजाने क्रममा उहाँलाई प्रहरीले अभद्र व्यवहार गरेको थियो ।
प्रतिक्रिया