Main News

चितवनको चार किलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

हिमालय टिभी
२०७७ असोज ८ गते ८:२८
चितवनको चार किलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

८ असोज, २०७७, चितवन । चितवनको चार किलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को चार किलोमा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । गएराति लेदोसहित पहिरो खसेका कारण सडक बन्द भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

त्यही ठाउँमा हिजो दिउँसो खसेको पहिरो हटाएर बेलुका ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो । लगातार पानी परेपछि नारायणगढमुग्लिङ सडकखण्ड र पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो खस्ने गरेको छ ।

यस्तै पृथ्वी राजमार्गको नारायणगढ(नौबिसे सडकखण्ड अन्तर्गत कुरिनटारको पहिरो पन्छाएर एकतर्फी सञ्चालन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *