Main News

चीनले नेपाली भूमि नमिचेको सरकारको दाबी, सिन्धुपाल्चोक र बागलुङ विपद संकटग्रस्त क्षेत्र घोषणा

हिमालय टिभी
२०७७ असोज ७ गते २०:३८
चीनले नेपाली भूमि नमिचेको सरकारको दाबी, सिन्धुपाल्चोक र बागलुङ विपद संकटग्रस्त क्षेत्र घोषणा

७ असोज, २०७७ काठमाडौं । सरकारले चीनले कुनै पनि क्षेत्रमा नेपालको भूमि नमिचेको प्रष्ट पारेको छ ।

हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवन निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको तर्फबाट नेपाली भूमि नमिचिएको बताउनुभयो ।

सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुनःनिर्माणका काम अगाडी बढाउने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको निःशुल्क बीमा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुनःस्पनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा ५ हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *