Main News

कोरोना संक्रमणमुक्त भएकामा पछिसम्म समस्या : अध्ययन प्रतिवेदन

हिमालय टिभी
२०७७ असोज ७ गते १८:२३
कोरोना संक्रमणमुक्त भएकामा पछिसम्म समस्या : अध्ययन प्रतिवेदन

७ असोज, २०७७ काठमाडौं । नेपालमा गरिएको एक अध्ययनले कोरोना संक्रमणमुक्त भएकामा पछिसम्म पनि समस्या देखिएको पाइएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार संक्रमणमुक्त भएका बयस्कमा पछिसम्म स्वास्थ्य समस्या देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले कोरोनामुक्त भइसकेपछि पनि लामो समय थकान महशुस हुने, शरीर पूर्ण रुपमा फुर्तिलो नहुने जस्ता समस्या देखिएको जानकारी दिनुभयो ।

परिषद्ले कोरोना संक्रमणमुक्त भएका ५ सय ७७ जना व्यक्तिमा अध्ययन गरेको थियो । अध्ययनमा सहभागी अधिकांशमा लामो समयसम्म पनि काममा मन नलाग्ने, शरीर फुर्तिलो नहुनेजस्ता लक्षण पाइएका छन् ।

परिषदको अध्ययनमा त्यसबाहेक सार्वजनिक यातायातमा यात्रा गर्नेमा संक्रमणको जोखिम निकै बढी देखिएको छ । अध्ययनमा सहभागी अधिकांशमा यात्राका क्रममा संक्रमण भएको पाइएको ज्ञवालीले बताउनुभयो ।

कोरोना संक्रमितलाई बारम्बार टेलिफोन गरेर अवस्था बुझ्न खोज्दा मानसिक तनाव बढेको पाइएको भन्दै परिषदले त्यसो नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *