Main News

संक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ७ गते १६:५३
संक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस (भिडियोसहित)

७ असोज, २०७७, काठमाडौं । स्वास्थ्य मन्त्रालयको २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजारभन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो । अहिले देशभरमा सक्रिया कोरोना संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेका छन् ।

२५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लकडाउनको सिफारिस गरिएको उहाँले बताउनुभयो । साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि साउनमा अन्त्य गरिएकाे थियो । त्यसपछि पनि भदौको पहिलो सातादेखि उपत्यकासहित कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको थियो । मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय पनि गरेकाे छ ।

विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शुल्क लिने गरेकामा स्वीकृति दिने निकायले कडाईका साथ अनुगमन गरी कारवाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *