Main News

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका अन्त्येष्टि

हिमालय टिभी
२०७७ असोज ७ गते १३:२७
कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका अन्त्येष्टि

७ असोज, २०७७ काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका अन्त्येष्टि गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बौद्धस्थित शेर्पा गुम्बामा स्वर्गीय आङरिताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।

आङरिताको सोमबार विहान १० बजे जोरपाटीस्थित छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको थियो। बौद्ध परम्परा अनुसार पूजापाठ सम्पन्न गरी स्वर्गीय शेर्पाको अन्त्येष्टि गरिएको हो ।

बिना कृतिम अक्सिजन १० पटक सगरमाथा आरोहणको विश्व कीर्तिमान राखेका आङरिता ‘हिमचितुवा’ उपनामले चिनिनुहुन्थ्यो ।

आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पुर्‍याइएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *