डाक्टर केसीमाथि प्रहरीले गरेको अभद्र व्यवहारको सर्वत्र आलोचना

६ असोज, २०७७ काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीमाथि प्रहरीले गरेको अभद्र व्यवहारको चर्को आलोचना भएको छ ।
विभिन्न दलका नेताले प्रहरीको व्यवहार निरंकुश शैलीको विरोध गरेका छन् । जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भर्टराईले यो राजाको निरंकुश पंचायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले जनपक्षीय माग पूरा गर्न नसके सत्याग्रहीलाई सम्मान गर्न सिक भन्दै स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गर्न अपिल गर्नुभएको छ ।
यो राजाको निरंकुश पंचायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन हो? डा. के सी का जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक! स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा. के सी ले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं!#SaveDrKC https://t.co/VAtOuX1EjL
— Baburam Bhattarai (@brb1954) September 22, 2020
कांग्रेस नेता गगन थापाले सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा भन्दै ट्वीट गर्नुभएको छ । थापाले सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाइँदैन भन्दै केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य रहेको उल्लेख छ ।
सत्याग्रहीमाथीको दुर्व्यवहार: क्रुरताको पराकाष्टा!
सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ।
सरकारले आफ्नो पतनकाे बाटो आफै खनेको छ।— Gagan Thapa (@thapagk) September 22, 2020
क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्ने भन्दै उहाँले सरकारले आफ्नो पतनको बाटो आफै खनेको टिप्पणी गर्नुभएको छ।
प्रतिक्रिया