Main News

डा. गोविन्द केसी काठमाडौंमा, शिक्षण अस्पताल जान चाहे पनि ट्रमा सेन्टर लगियो (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते १५:०९
डा. गोविन्द केसी काठमाडौंमा, शिक्षण अस्पताल जान चाहे पनि ट्रमा सेन्टर लगियो (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं आएका अनशनरत डा। गोविन्द केसीलाई प्रहरीले जवर्जस्ती ट्रमा सेन्टर लगेको छ ।

नेपालगन्जबाट बुद्ध एयरको विमानबाट त्रिभुवन विमानस्थलमा उत्रनासाथ डाक्टर केसीलाई प्रहरीले एम्बुलेन्समा हालेर जबर्जस्ती ट्रमा सेन्टर लगेको हो ।

डाक्टर केसी महाराजगञ्जस्थित शिक्षण अस्पताल जान चाहे पनि प्रहरीले ट्रमा सेन्टर अगाडी लगेर एम्बुलेन्सबाट जबर्जस्ती निकालेको थियो । एम्बुलेन्सबाट निकाल्ने बेला डाक्टर केसीले सरकारविरुद्ध नाराबाजी समेत गर्नुभयो ।

डा. केसीले अब ट्रमा सेन्टरमै बसेर अनशनलाई निरन्तरता दिने तयारी गर्नुभएको छ । शिक्षण अस्पत उहाँका सहयोगीले बताएका छन् ।

जुम्लाबाट हिजो नेपालगञ्ज आएका केसी आज काठमाडौं आउनु भएको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा डा. केसीको शरिरमा चिनीको मात्रा कम भएको र पिसाबमा पनि समस्या देखिएको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ दिन अनशन बसेपछि डा. केसी सरकारले बल प्रयोग गर्न सक्ने भन्दै काठमाडौं आउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *