असोज १५ गतेदेखि कतार, कुवेत र साउदी अरेबिया नियमित उडान हुने (तालिकासहित)

६ असोज, २०७७ काठमाडौं । कतार, कुवेत र साउदी अरेबियामा पनि असोज १५ गतेदेखि नियमित व्यवसायिक उडान हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यी तीन देश समेत समेटेर आज अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले कतारको दोहा, कुवेत शहर र साउदीको रियादमा नियमित उडान अनुमति दिएको छ ।
प्राधिकरणले असोज १५ देखि कात्तिक ८ गतेसम्मको अन्तर्राैष्ट्रिय उडान तालिका सार्वजनिक गरेको हो । तालिका अनुरुप हप्तामा १ सय ९ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।
कोरोना महामारीका कारण चैत ९ गतेदेखि बन्द अन्तराष्ट्रिय हवाई उडान सरकारले सर्तसहित भदौ १६ देखि खुल्ला गरेको थियो ।
सरकारी निर्णयपछि जापान, युएई, मलेसिया, हङकङ, दक्षिण कोरिया, चीन, हङकङ लगायतका मुलुकमा नियमित हवाई उडान भइरहेको छ ।
तर धेरै नेपाली भएका कतार, कुवेत र साउदीमा भने पिसीआर परीक्षण सहज नभएको भन्दै नियमित उडान खोलिएको थिएन् । कतार, कुवेत र साउदीमा नियमित उडान सुरु भएसँगै घर फर्कन तयार भएर बसेका लाखौँ नेपालीलाई सहज हुने छ ।
प्रतिक्रिया