Main News

भोलिदेखि लामो दूरीको साझा बस सञ्चालन हुने

हिमालय टिभी
२०७७ असोज ६ गते १४:४३
भोलिदेखि लामो दूरीको साझा बस सञ्चालन हुने

६ असोज, २०७७ काठमाडौं । साझा यातायातले भोलिदेखि लामो दूरीका बस चलाउने भएको छ ।

चैत ११ गतेदेखि बन्द लामो दुरीका बस भोलिदेखि सञ्चालन गर्न लागिएको साझाले जानकारी दिएको हो ।

साझाका अनुसार भोलिदेखि काठमाडौं–बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा बस चल्नेछन् । साझाका यी रुटमा जम्मा ४ वटा बस चल्नेछन ।

सरकारले लामो दुरीको यातायात खुल्ला गरेसँगै बन्द साझाका बस चलाउन लागिएको साझाले जनाएको छ । यसबाट यी गन्तव्यका यात्रुलाई सहज हुने साझाको विश्वास छ ।

यद्यपि बस भाडा भने नियमितभन्दा ५० प्रतिशत बढी हुने साझाले प्रष्ट पारेको छ । साझाले काठमाडौं उपत्यकासहित काठमाडौं–बाग्लुङ र काठमाडौं–सुनौलीसम्म समेत बस चलाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *