Main News
चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ असोज ६ गते ७:५७

६ असोज, २०७७ चितवन । चितवनमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड(नाइन्टिन ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २२ जना चितवनका र एक जना बाराको रहेको अस्पताल प्रशासनले जनाएको छ ।
सार्वजनिक विवरणअनुसार भरतपुरका तीन महिला र एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाँच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।
अन्य एक जना भने भने बारा जितपुरकी ६८ वर्षीया महिला रहेको अस्पतालले उल्लेख गरेको छ ।
प्रतिक्रिया