Main News

सावधानी नअपनाए कोरोना झन फैलने स्वास्थ्य मन्त्रालयको चेतावनी

हिमालय टिभी
२०७७ असोज ५ गते १८:००
सावधानी नअपनाए कोरोना झन फैलने स्वास्थ्य मन्त्रालयको चेतावनी

५ असोज, २०७७ काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले काठमाडौं लगायतका शहरी क्षेत्रमा संक्रमण नियन्त्रणमा आउन नसकेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा सार्वजनिक यातायात खुलेकाले थप सावधानी नअपनाए संक्रमण अझै बढ्ने चेतावनी दिएको छ ।

मन्त्रालयले कोरोना केही पनि होइन भन्दै अफवाह नफैलाउनसमेत सचेत गराएको छ। कोरोनाका बारेमा गलत तथ्य तथ्यांक प्रस्तुत गरेर बहस नगर्न पनि प्रवक्ता गौतमले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *