Main News

आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरेर क्लिन फिड लागू गर्न निर्देशन

हिमालय टिभी
२०७७ असोज ५ गते १४:२०
आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरेर क्लिन फिड लागू गर्न निर्देशन

५ असोज, २०७७ काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले नेपालमा प्रसारणमा रहेका विदेशी च्यानलमा कार्तिक ७ गतेभित्र अनिवार्य क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को कार्यान्वयन आगामी कार्तिक ८ गतेदेखि सुरु हुँदैछ । विज्ञापन नियमन गर्ने ऐन २०७६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित हुनुपर्ने उल्लेख छ ।

तर ऐन प्रारम्भ हुँदाकै अवस्थामा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाले भने ऐन प्रारम्भ भएको एक वर्षभित्र क्लिन फिड लागू गर्न सक्ने भनिएको थियो । तर ऐन कार्यान्वयनमा आएको एक वर्ष हुन लाग्दा समेत क्लिन फिड कार्यान्वयनमा आएको छैन ।

त्यसैले समितिले कार्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी विज्ञापन ऐनको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो । समितिले स्वदेशी टेलिभिजनलाई प्रवर्धन गर्न र विदेशी च्यानलमा नेपाली विज्ञापन हाल्ने नीति नलिन पनि सरकारलाई सचेत गराएको छ ।

यसबाहेक समितिले नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले गरिरहेका काम र योजनाबारे १५ दिनभित्र विवरण पेश गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *