Main News
आगामी पाँच दिनसम्म देशभर मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान
२०७७ असोज ५ गते ८:००
५ असोज, २०७७ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।
आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ । निरन्तरको वर्षाका कारण बाढी पहिरोको जोखिम बढ्न सक्ने भन्दै नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
अहिले पनि देशका केही स्थानमा पहिरोको जोखिम रहेको र लगातारको वर्षाले भूगोल कमजोर भएका स्थानमा जोखिम थप बढ्नसक्ने विभागले जनाएको छ ।
प्रतिक्रिया