Main News

शंकास्पद मृतकको कोरोना परीक्षण नगर्ने सरकारको निर्णयमा विज्ञको आपत्ति (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ४ गते २०:०७
शंकास्पद मृतकको कोरोना परीक्षण नगर्ने सरकारको निर्णयमा विज्ञको आपत्ति (भिडियोसहित)

४ असोज, २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मरेका मान्छेको स्वाब लिएर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । र यो निर्देशपछि कोरोनाका शंकास्पद मृतकको पनि परीक्षण हुन छाडेको छ । यसलाई विज्ञहरुले कसरी लिएका छन् त ?

सरकारले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको मृत्यु भएमा मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दै आएको थियो । कोरोनाबाट नेपालमा पहिलो मृत्यु पुष्टि भएकी सिन्धुपाल्चोककी महिलाको मृत्युपछि मात्र कोरोना परीक्षण गरिएको थियो ।

ती महिलासहित धेरैको मृत्युपछि कोरोना जाँचियो र मृत्युपछि नै कोरोना पुष्टि भयो । तर भदौ अन्तिममा सरकारले मृतकको कोरोना परीक्षण नगर्न निर्देशन दियो । मृतकमा कोरोना हुनु नहुनु महत्वपूर्ण नभएकाले पीसीआर परीक्षण नगर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्रालयको दावी छ ।

शंकास्पद बिरामीको मलामी गएकालाई अनिवार्य क्वारन्टिन बस्नु भने पनि सरकारले मृत्युपछि कोरोना परीक्षण गर्नुलाई अर्थपूर्ण मानेको छैन । तर फरेन्सिक विज्ञ डाक्टर हरिहर वस्ती भने शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण गर्नु महत्वपूर्ण हो भन्नुहुन्छ ।

सरकारको निर्णयसँगै भदौ ३१ गतेदेखि कुनै पनि मृतकको नमूना लिइएको छैन । तर देशभर कोरोना संक्रमण बढ्दो छ । कोरोना संक्रमण फैलिरहेको यो अवस्थामा मृतकको पीसीआर परीक्षण नगर्नू गलत भएको डाक्टर वस्तीको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले नागरिकलाई जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर सरकार आफैले गरेका निर्णयले भने कोरोना संक्रमण फैलिन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *