Main News

अब स्थानीय तहलाई आइसोलेसन व्यवस्थापनको जिम्मा

हिमालय टिभी
२०७७ असोज ४ गते १८:१२
अब स्थानीय तहलाई आइसोलेसन व्यवस्थापनको जिम्मा

४ असोज, २०७७ काठमाडौं । सरकारले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ ।

अस्पतालमा लक्षण भएका कोरोना संक्रमितलाई मात्र राखिनेछ । लक्षण नभएकालाई संस्थागत वा होम आइसोलेसनमा राख्ने भन्दै सरकारले त्यसको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको हो ।

शुरुशुरुमा कोरोना संक्रमण देखिएका सबैलाई अस्पतालमा राख्ने गरिएको थियो । तर अस्पतालमा बेड अभाव भएपछि सरकारले लक्षण नदेखिएका संक्रमितलाई संस्थागत वा होम आइसोलेसनमा राख्ने नीति ल्याएको हो ।

संस्थागत आइसोलेसनमा बसेकालाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *