Main News
कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक एक सैनिकको मृत्यु
२०७७ असोज ४ गते १३:१०

४ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एकजना सैनिकको मृत्यु भएको छ ।
रामेछाप घर भएका ३४ वर्षीय सैनिक जवानको कोरोना संक्रमणबाट मृत्यु भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार भदौ २९ गते मृत्यु भएका उनको मृत्युपछि मात्रै असोज १ गते कोरोना पोजिटिभको रिपोर्ट आएको थियो ।
काठमाण्डौं उपत्यकाको एक युनिटमा कार्यरत उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । दुई महिनाअघि विरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता पौडेल बताउनुभयो ।
नेपाली सेनामा हालसम्म २ हजार ५६ जना संक्रमित भएका छन् । जसमध्ये ४ सय १ जना संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् ।
प्रतिक्रिया