Main News

अनशनरत डा. केसीद्वारा जबरजस्ती ल्याएको भन्दै उपचार अस्वीकार

हिमालय टिभी
२०७७ असोज ४ गते १३:०५
अनशनरत डा. केसीद्वारा जबरजस्ती ल्याएको भन्दै उपचार अस्वीकार

४ असोज, २०७७ काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीले आफूलाई जबर्जस्ती अस्पताल ल्याइएको भन्दै उपचार गर्न अस्वीकार गर्नुभएको छ ।

अपहरणको शैलीमा जबर्जस्ती प्रहरीले अनशनस्थलबाट उठाएर अस्पताल लगेको भन्दै केसीले उपचार सेवा लिन अस्वीकार गर्नुभएको हो ।

जुम्लामा अनशनरत डाक्टर केसीका स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले गएराति अनसन स्थलबाट उठाएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगेको थियो ।

आफ्नो इच्छा विपरित अनसन स्थलबाट अपहरणको शैलीमा उठाइएकोले उपचार नगर्ने केसीको अडान छ ।

स्वास्थ्य क्षेत्रको सुधारका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र एमडी अध्यापनको माग राख्दै १९औं सत्याग्रहमा बसेका केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि प्रहरीले गएराति पौने १० बजे अस्पताल लगेको थियो।

अस्पताल प्रशासनका अनुसार डाक्टर केसीलाई आइसियुमा राखिएको छ। तर, केसीले कुनै उपचारसेवा लिन मान्नुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *