राजनीति

नयाँ संविधानको पाँच वर्ष, जनताले किन अझै अनुभूत गर्न सकेनन् ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३ गते १८:५९
नयाँ संविधानको पाँच वर्ष, जनताले किन अझै अनुभूत गर्न सकेनन् ? (भिडियोसहित)

३ असोज, २०७७, काठमाडौं । दुईपटकको प्रयासमा बल्ल बनेको संविधानलाई राजनीतिक दलले विश्वकै उत्कृष्ट संविधान भनेर दाबी गर्ने गरेका छन् । तर नेताका नजरमा उत्कृष्ट भनिएको संविधान जारी भएको ५ वर्ष पूरा हुँदा पनि त्यसमा उल्लेख भएका हक अधिकार नागरिकले उपभोग गर्न भने पाएका छैनन् । जसले गर्दा संविधान कसका लागि भन्ने प्रश्न उठेको छ ।

नेपालको संविधानले जनताका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ । र संविधानमा लेखिएका यी मौलिक हक प्रत्याभूत गर्न भन्दै कानून पनि बनेका छन् । तर तिनको कार्यान्वयनको पाटो भने फितलो छ । जसले गर्दा संविधानमा लेखिएका मौलिक हकका कुरा कागजी दस्तावेज मात्र बनेको नागरिकको अनुभव छ ।

जनताका नजरमा संविधानमा भएका व्यवस्था नेताले आफ्ना स्वार्थका लागि आफू अनुकूल मात्र प्रयोग गरिरहेका छन् ।

त्यसो त राजनीतिक नेतृत्वले हरेक पटक भाषण गर्दा जनताका लागि विश्वकै उत्कृष्ट संविधान ल्याएको दाबी गर्छ । तर जनताका नजरमा त्यो उत्कृष्टता आप्ना लागि नभइ नेताका लागि मात्र भयो ।

पछिल्लो समय महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले जनताको जीवन निकै कष्टकर बन्यो । उनीहरु भोकभोकै सडकमा भौतारिन बाध्य छन । तर संविधानमा लेखिएको खाद्य सम्बन्धी हकको प्रत्याभूत राज्यका तर्फबाट नभएको मात्रै होइन यसमा ध्यान समेत छैन ।

यो प्रतिनिधि घट्ना मात्र हो । सामान्य अवस्थामा पनि न्यूनतम अधिकारको उपभोग जनताले गर्न पाएका छैनन् । जसले गर्दा सरकार र राजनीतिक नेतृत्वप्रति जनतामा झन झन वितृष्णा त फैलिएको र यसले छ संविधानको उपादेयतामाथि पनि प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्