Main News

बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटको छानबिन गर्न समिति गठन

हिमालय टिभी
२०७७ असोज ३ गते १८:५३
बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटको छानबिन गर्न समिति गठन

३ असोज, २०७७ काठमाडौं । कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन गर्न नेपाल प्रहरीले समिति बनाएको छ ।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति बनाएको हो ।

रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल सदस्य छन् । समितिलाई छानबिन गरेर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *