Main News

पूर्ण क्षमतामा यात्रुसहित आन्तरिक हवाइ सेवा सञ्चालन हुने

हिमालय टिभी
२०७७ असोज ३ गते ७:५४
पूर्ण क्षमतामा यात्रुसहित आन्तरिक हवाइ सेवा सञ्चालन हुने

३ असोज, २०७७ काठमाडौं । आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान दिन भनेको छ ।

यसअघि सरकारले ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निर्णय गरेपछि वायु सेवा सञ्चालक सङ्घले जहाज नै नउडाउने निर्णय गरेको थियो ।

त्यसपछि पर्यटन मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

मन्त्रालयको यो प्रस्तावलाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुमति दिएको थियो । अब कुल उडान सङ्ख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान हुनेछन् तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् ।

२५ प्रतिशत मात्र उडान हुने, यात्रुले स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *