Main News
संविधान दिवसका अवसरमा २८९ जना कैदीले पाए कैद मिनाहा
२०७७ असोज ३ गते ७:५१

३ असोज, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २ सय ८९ जना कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २ सय ८९ जनाको भुक्तान हुन बाँकी कैद माफीमिनाहा गर्नुभएको हो ।
आजदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया