Main News

संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले दिए शुभकामना

हिमालय टिभी
२०७७ असोज ३ गते ७:४८
संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले दिए शुभकामना

३ असोज, २०७७ काठमाडौं । संविधान दिवसका अवसरमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले बधाई तथा शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मार्फन नेपाल र नेपालीलाई शुभकामना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, उत्तर कोरिया, दक्षिण कोरिया, लग्जेम्बर्ग, मालदिभ्स, म्यान्माले शुभकामना दिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्स, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुसी महासङ्घ, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलङ्का र स्विट्जरल्याण्डका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट बधाई तथा शुभकामना सन्देश प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *