२ असोज, २०७७, काठमाडौं । काठमाडौंको बबरमहलमा प्रहरीले हिजो एक युवालाई लाठी र बुटले कुटेको भिडियो भाइरल भयो ।
विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले लाठी, मुक्का र बुट प्रहार गरेको थियो ।
प्रहरीबाट कुटिने उनी को थिए ? किन कुटाइ खाए ? सहकर्मी सिर्जना बरालले आज उनलाई भेटेकी छन्–