आवश्यकताअनुसार सच्याएर एमसीसी पारित हुन्छः मन्त्री ज्ञवाली (भिडियोसहित)
![आवश्यकताअनुसार सच्याएर एमसीसी पारित हुन्छः मन्त्री ज्ञवाली (भिडियोसहित)](https://www.himalayatv.com/wp-content/uploads/2020/09/pradep-gyawali.jpg)
२ असोज, २०७७ बुटवल । सत्तारुढ नेकपाभित्रको पछिल्लो सहमतिसँगै अमेरिकी सहयोग परियोजना एमसीसीबारे सरकारको धारणा पनि फेरिएको छ ।
पहिले जस्ताको तस्तै पारित हुनुपर्ने र सुधार गर्नु पर्ने विषय नरहेको दावी गर्दै आएको सरकारले एमसीसीका विषयमा उठेका प्रश्नको हल गरेर अनुमोदन गर्ने बताएको हो ।
प्रेस संगठन नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आवश्यकता अनुसार एमसीसी सच्याएर एमसीसी अनुमोदन गरिने बताउनुभयो । नेपालको विद्युत विकासमा यो परियोजना महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसीसी पारित गर्ने सुझाव पार्टीलाई दिएकाले त्यसै अनुसार सरकार अघि बढ्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।
नेकपा भित्रकै विवादका कारण एमसीसी संसदबाट अनुमोदन हुन सकेको छैन ।
प्रतिक्रिया