Main News

चितवनमा एकैदिन २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज २ गते १२:३७
चितवनमा एकैदिन २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

२ असोज, २०७७, चितवन । चितवनमा एकैदिन दुई सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा दुई सय चार र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजबाट स्वाब दिएका मध्ये ३७ र भरतपुर अस्पतालले पठाएको स्वाब मध्ये १६७ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

यस्तै भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा सबै चितवनकै ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका २, खैरहनी नगरपालिकाका १ र राप्ती नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

राप्तीका पाँचै जना संक्रमित सशस्त्र प्रहरी बल भण्डाराका हुन् । केही दिनदेखि संकलित स्वाबको परीक्षण गर्दा धेरैमा संक्रमण देखिएको हो ।

यसैगरी, सप्तरीमा ३७ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका २ इन्स्पेक्टर, ३ सई, ४ असई, ४ हवल्ल्दार र अन्य प्रहरी जवान गरी ३७ जना संक्रमित भएका छन् ।

यस्तै, वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १४ जना सहित २४ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित हुनेमा पर्साका १४ जना, बाराका ६ जना र रौतहटका ४ जना छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *