Main News

नेपालले भारतसँग किनेको दुई वटा रेल आज हस्तान्तरण हुँदै

हिमालय टिभी
२०७७ असोज २ गते ७:३८
नेपालले भारतसँग किनेको दुई वटा रेल आज हस्तान्तरण हुँदै

२ असोज, २०७७ काठमाडौं । भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले आज नेपाल सरकारले खरिद गरेको दुईसेट रेल हस्तान्तरण गर्दैछ ।

आज दिउँसो जनकपुरमा रेल विभागलाई भारतीय कम्पनीले दुई वटा रेल हस्तान्तरण गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

सञ्चालनको तयारीमा रहेको नेपालको एक मात्र रेल सेवामा प्रयोग गरिने रेल हिजो साँझ जयनगर आइपुगेको छ। जनकपुर–जयनगर सञ्चालन हुने रेल बिहीबार साँझ भारतको जयनगरस्थित आफ्नै स्टेशनमा आइपुगेको हो।

पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ ।

दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम तिब्र रुपमा भइरहेको छ। रेल सेवा सञ्चालनका लागि कर्मचारी भर्ना लिन विभागले आवेदन आह्वानसमेत गरिसकेको छ।

भारतको जयनगर हुँदै जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेल सेवा सञ्चालन हुने छ । जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ।

वि.सं. १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो। अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए। जनकपुर जयनगर रेल्वे सेवा झण्डै ७ वर्षअघि बन्द भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *